कास्कीको लेखनाथस्थित पचभैयामा निर्माणाधीन चिडियाखानामा जनावरहरु। तस्वीर : आदर्श समाज
टिकट काटेर प्रवेश गरी वन्यजन्तु अवलोकन गर्ने व्यवस्थासहित पोखराको लेखनाथमा निर्माणाधीन चिडियाखाना (जुओलोजिकल पार्क) यही साउन १ गतेदेखि संचालनमा ल्याउने तयारी गरिएको छ।
तीन जना कर्मचारी र वन्यजन्तुको आहारासहित वार्षिक झण्डै १५ लाख रुपैयाँ खर्च आउने र त्यसको पूर्तिको लागि पनि टिकट व्यवस्था गर्न लागिएको पोखरा जुओलोजिकल पार्क अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए। ‘अहिले नै कति टिकट लगाउने भन्ने निश्चित भएको छैन, ’ उनले भने, वडा कार्यालय र पोखरा महानगरपालिका कार्यालयसँग आवश्यक स्वीकृति लिएर प्रक्रिया पूरा गरेपछि टिकटको काम शुरु गर्ने सोच हाम्रो छ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले व्यवस्था गरेको डेढ करोड रुपैयाँ र युनाइटेड क्लबले हालसम्म गरी उपलब्ध गराएको कुल ५५ लाख रुपैयाँ रकमबाट अहिले यहाँ विभिन्न निर्माणको काम भइरहेको समितिले जानकारी दिएको छ। कास्कीमा चिडियाखाना बनाउने उद्देश्यसहित क्लबले पोखरा अमरसिंहचौरमा वार्षिकरुपमा पोखरा महोत्सव आयोजना गर्दै आएको छ। सोही महोत्सवक्रममा बचत रकममध्येबाट पार्क (वन्यजन्तु उद्यान) विकासमा खर्च गरिएको अध्यक्ष बख्रेलले जानकारी दिए।
पोखरा महानगरपालिकाको पचभैयास्थित यो पार्क वन्यजन्तु उद्धार केन्द्रको रुपमा हाल परिचित छ। पार्कमा प्रवेशद्वार बनाउने, पार्कसम्म पुग्ने बाटो ग्राभेल गर्ने, तीन वटा चौताराहरु मर्मतसम्भार गर्ने काम पनि अगाडि बढाइएको समितिका महासचिव दामोदरभक्त थापाले जानकारी दिए। दुई सय ३० मिटर फुटट्रेल निर्माण पनि गरिसकिएको उनले सुनाए। पार्कमा चितुवाको खोर निर्माण गर्ने काम सम्पन्न भइसकेको छ। मृगका लागि मात्र १८ रोपनी क्षेत्रफलमा इन्क्लोजर निर्माणको काम भइरहेको छ। यसैगरी भालु र बाँदरका लागि समेत खोर बनाउने काम अगाडि बढाइएको जनाइएको छ। युनाइटेड क्लबको पहल तथा स्थानीय बासिन्दाको सक्रियतामा यो पार्क निर्माण हुँदै गरेको हो।
पार्कको विकासका लागि छलफल गर्न आयोजित छलफल कार्यक्रममा पचभैया, चैनपुर र चापापानी सामुदायिक वनका सम्पूर्ण सदस्यलाई प्रारम्भिक सदस्य बनाउने यसअघिको सहमतिलाई कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको जनाइएको छ। पोखरा महानगरपालिका वडा ३०, ३१ र ३२ को उल्लेखित ठाउँहरुमा १ सय ३४ हेक्टर क्षेत्रफलको जमीनमा यो पार्कको विकास भइरहेको छ। पार्कमा नीलगाई, अजिंगर, विभिन्न प्रजातिका चरा, गिद्ध, वन बिरालो, बाँदर र बाह्रसिंगा लगायत जनावर पनि अवलोकन गर्न सकिन्छ। गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निदेर्शनालयको प्रत्यक्ष निगरानीमा यो पार्क निर्माण सम्पन्न गर्ने योजना छ। पार्कले पोखरा भ्रमणमा आउने पर्यटकको बसाइँ केही मात्रामा भए पनि लम्ब्याउने विश्वास गरिएको छ।
Related News
सम्बन्धित समाचार
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी
उद्योग वाणिज्य महासंघ चुनाव : पोखराका अञ्जन श्रेष्ठको टिम घोषणा
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९