अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा र मानव विकास जोड्ने गरी यसपटक आफूले बजेट ल्याएको बताएका छन्।
विश्व बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेटले बढी जोड दिएको मानव पुँजीको विकासका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उच्च प्राथमिकता दिएको सुनाए।
मान्छेको जन्मदेखि मृत्युसम्मको जीवनचक्रलाई जोड्ने गरी बजेटमा विषयहरु प्रतिविम्बित गरिएको उनको दाबी छ। अर्थमन्त्री खतिवडाले स्वास्थ्य, शिक्षा र खानेपानीजस्ता मानव हितका क्षेत्रमा २१ प्रतिशतले बजेट बढाइएको जानकारी उनले दिए। अन्य क्षेत्रमा भने १६ प्रतिशत हाराहारीमा मात्र बजेट बढाइएको उनको भनाइ छ।
दिगो विकासका लागि मानव पुँजी आवश्यक पक्ष भएको भन्दै उनले भौतिक पूर्वाधारसँग यसलाई पनि सँगै अगाडि बढाउन खोजिएको बताए। ‘आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गरेर हामी अघि बढिरहेका छौँ, ’ उनले भने, ‘यसका अतिरिक्त स्वास्थ्य र रोजगारीका कार्यक्रम पनि अघि बढाइएका छन्, तिनीहरुको कार्यान्वयनलाई पनि जोड दिएका छौँ।’
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१