मगर संघ बूढीबजारमा नयाँ नेतृत्व

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
magar sanga pok 26_Fotor

नेपाल मगर संघ बूढीबजार इकाइ समितिको नवौं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि रामबहादुर रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समिति उपाध्यक्षमा भीमकुमारी सारुमगर, सचिवमा प्रेम पल्लीमगर, सहसचिवमा सन्तु राना मगर, कोषाध्यक्षमा कृष्णकुमारी थापामगर र सहकोषाध्यक्षमा यमकुमरी थापामगर रहेका छन्। समिति सदस्यमा सूर्यबहादुर आलेमगर, सविना रानामगर, राधा थापामगर, चित्रबहादुर थापामगर, नेत्रकुमारी आलेमगर, योगिता थापामगर, चन्द्रबहादुर थापामगर, शशिला थापामगर र धनबहादुर आलेमगर रहेका छन्।

कार्यक्रम उद्घाटन गर्दै नेपाल मगर संघका जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरले आफ्नो भाषा, सँस्कृति र मौलिक चाडवाडको संरक्षण गर्दै जातीय एकताको आवश्यकतामाथि प्रकाश पारेका थिए।

नेपाल मगर संघ बूढीबजार इकाइ समिति अध्यक्ष क्याप्टेन पूर्णबहादुर पल्ली मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा भवनका संरक्षक गणेशबहादुर आलेमगर, वरिष्ठ सल्लाहकार यमबहादुर थापामगरलगायतले मगर जातिको मौलिक संस्कृतिको संरक्षणका लागि युवालाई अगाडि बढाउनुपर्नेमा सुझाव राखेका थिए।

समितिका सहसचिव प्रेमबहादुर पल्लीमगरले संचालन गरेको कार्यक्रममा सचिव भोजबहादुर थापा मगरले प्रगति प्रतिवेदन र भावी योजनाबारे प्रकाश पारेका थिए।

कोषाध्यक्ष कृष्णकुमारी थापाले आर्थिक प्रतिवेदन र उपाध्यक्ष भीमकुमारी सारुमगरले स्वागत मन्तव्य राखेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width