वडाका ज्येष्ठ नागरिक सम्मानित

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
61e8d8aea5fdc20b13f743328bf776b6_Fotor

पोखरा महानगरपालिकाले वडामा रहेका सबै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। निर्वाचित जनप्रतिनिधिले शपथ लिएको २ वर्ष पूरा भएको अवसरमा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।

प्रत्येक घरबाट आह्वान गरेर ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा वडा सदस्य सरिता पराजुलीले जानकारी दिइन्।

‘शपथ ग्रहणको पहिलो दिनमै हरेक वर्ष ज्येष्ठ नागरिक सम्मान गर्ने घोषणा गरेका थियौं। त्यही अनुसार अहिले ७५ वर्ष उमेर पार गरेका बुबाआमालाई सम्मान गरेका हौं, ’ वडाध्यक्ष शंकर बास्तोलाले भने।

वडाले अघिल्लो वर्ष ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो। अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य सुवर्ण केसीले गरेका थिए।

सबै ज्येष्ठ नागरिकलाई जनही १ हजार र दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो। सोही अवसरमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण पनि गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width