कोपोमिसबारे अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
copomiss photo_Fotor

सहकारी तथा गरीबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी अभिमुखीकरण तालिम वुधवारबाट पोखरामा शुरु भएको छ।

भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय सहकारी विभागको आयोजना र कास्की बचत तथा ऋण सहकारी संघ लि. सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो।

विभागका उपरजिष्टार शशीकुमार लम्सालले सहकारी आफै एउटा अभियान भएको बताए। उनले यसलाई मर्यादित, सुव्यवस्थित, सुशासनमुखी बनाउन कोपोमिस सफ्टवयरको विकास भएको बताए। राज्यले सहकारीका विषयमा धेरै बोले पनि व्यवहारमा उतार्न नसकेको बताउँदै उनले सहकारीले कति उपलब्धि हासिल गरे, उत्पादनमूलक क्षेत्रमा सहकारी कस्तो भूमिका छन्, सदस्य सेवामूखी छन् या छैनन् जस्ता गतिविधि नियमन विभागबाट गर्ने विधि अब कोपोमिस रहेको जानकारी दिए।

उनले ५ करोडभन्दा माथि कारोबार भएका सहकारीले १ वर्षभित्र अनिवार्य आफ्नो संस्थाको कारोबार कोपोमिसमा राख्नुपर्ने र तल्लो कारोबार गर्ने सहकारी संस्थाले ३ वर्षभित्र भर्नुपर्ने बताए। यसलाई सम्पूर्ण सहकारीहरुले पूर्ण रुपमा पालना गरेमा कोपोमिसबाट आउने सही सूचनाको समष्टिगत छलफल गरि सहकारीको अभियानलाई मूर्तरुप दिइने पनि बताए।

गण्डकी प्रदेश सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले तालिमबाट सहकारीको स्तरीकरण वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।

जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले कास्कीलाई सहकारीमय बनाउने अभियानअन्तर्गत प्राविधिक तालिमको भूमिकामा सहयोगप्रतिको आभार व्यक्त गर्दै सहकारीमा भएका कमी कमजोरी सच्याउने र अझ सुव्यवस्थित तारिकाबाट सहकारी अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका रहने बताए।

कास्की बचत संघका कोषाध्यक्ष नारायणप्रसाद आचार्यले राज्यको नीति नियम, कानून, विधि र दायराभित्र सबै रहनुपर्ने भन्दै छलछाम गरेर सहकारी चलाउने मानसिकता पाल्न नहुने बताए।

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मिलन ढकालले प्राविधिक कठिनाइमा सहजकर्ताको भूमिकामा क्लब सधैँ तत्पर रहने बताए।

सहकारी विभाग शाखा अधिकृत देवराज लुइँटेलले सञ्चालन गरेको कार्यक्रममा पोखराका ५० सहकारीका प्रतिनिधिको सहभागिता छ। दुईदिने सो तालिमअन्तर्गत विहीवारको लागि कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले तालिमको सहकार्य गरेको छ।

Related News

सम्बन्धित समाचार

  • मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता असाेज २३, २०८१
    पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे…
  • संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताबारे सत्तासीन दलको नेतृत्व प्रस्ट हुनुपर्ने बताएका छन् । मध्यनेपाल नगरपालिकाको नवनिर्मित भवन…
  • सार्वजनिक बसमा प्रहरीको निगरानी

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    नवलपुर । यात्रुको सुरक्षा मध्यनजर गर्दै नवलपुर प्रहरीले यात्रुवाहक बसमै सादा पोशाकमा प्रहरी खटाएको छ । जिल्ला प्रहरी कार्यालय, नवलपुरका…
  • गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने

    प्रकाश ढकाल असाेज २१, २०८१
    पोखरा । गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालय सवारी, कास्कीबाट गएको आर्थिक वर्ष २०८०/०८१ मा १० हजार १ सय ९१ सवारी…
  • ४० ज्येष्ठ नागरिकलाई सम्मान

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    स्याङ्जा । ‘सम्मानित बुढ्यौली विश्वव्यापीरुपमा स्याहार तथा सहयोग पद्दतिको सवलीकरण’ मूलनाराका साथ मंगलबार ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको…

hero news full width

Recent Posts

भर्खरै