कोइराला पोखराको फेवातामा मृत भेटिए

Avatar आदर्श समाज सम्वाददाता
जेठ २२, २०७६

पोखरा, २२ जेठ । पोखरा–६ गौरीघाट स्थित रत्न मन्दिरको गेट नजिकै फेवातालमा वुधवार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक बाणें गाउँका २७ बर्षीय थवीन्द्र कोइराला फेवातालको पानीमा तैरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्र मान गुरुङले जानकारी दिए । कोइरालालाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

त्यसैगरी पोखरा–३१ वेगनास तालमा बुधवार एक व्यक्तिको शव फेला परेको छ । अन्दाजी ६०/६५ बर्षजति देखिने पुरुष व्यक्तिको मृत अवस्थामा फेला परेका हुन् । ति व्यक्तिको नामथर भने खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

त्यस्तै पर्वत जिल्लाको कुश्मा नगरपालिका– ५ स्थित मोदीवेणीबाट सोही स्थान नीवासी ५२ बर्षीय होमनाथ पौडेल कालीगण्डकी नदीमा हाम फालेका वेपत्ता भएका छन् । पौडेल कालीगण्डकीमा हाम फालेको सूचना स्थानीयले दिएपछि घटनाको बारेका प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

मनपरी काटिएका सडकले पहिरोको जोखिम