गण्डकीको लगातार तेस्रो हार

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७६
PM Cup Cricket Gandkai_Fotor

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ। सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा गण्डकी प्रदेश ५ सँग ३ विकेटले पराजित भएको हो।

जितसँगै प्रदेश ५ ले तालिकामा ५ अंक जोडेको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा विजयी भएपनि प्रदेश ५ ले सेमिफाइनलमा स्थान बनाउन सकेन। यो समूहबाट ६ अंक जोडेका प्रदेश ३ र सशस्त्र प्रहरी बलको एपीएफ विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भएका छन्।

गण्डकी प्रदेशले दिएको २३५ रनको लक्ष्य प्रदेश ५ ले ४९ दशमलव ५ ओभरमा पूरा गरेको थियो। प्रदेश ५ लाई जिताउन सौरभ खनालले ९० रन जोडे। उनले ११२ बल सामना गर्दा सौरभले १२ चौका प्रहार गरेका थिए। प्रणित थापामगरले ४५ रन जोड्दा निश्चल चौधरीले ३३ रन जोडे।

टस जितेर पहिला ब्याटिङ गर्दा अनिल गुरुङको शतकको मद्दतमा गण्डकी प्रदेशले २३४ रन बनाएको थियो। ओपनिङ गर्न आएका अनिलले ११५ रन बनाएर आउट भए। उनले १५२ बल फेस गर्दा ५ चौका र १ छक्का प्रहार गरे। ओपनिङ आएका अनिल नवौं विकेटको रुपमा आउट भएका थिए।

गण्डकीका दीपेश श्रेष्ठले २८ रन बनाउँदा कप्तान गोविन्द प्रधानले २६ रन बनाए। यस्तै, मेख शेनले २३ रन बनाउँदा किशोर महतोले आक्रामक पारी खेल्दै २० रनको योगदान गरे। उनले जम्मा ७ बलमा ३ छक्काको मद्दतले २० रन बनाएका हुन्।

प्रदेश पाँचका अनिल खरेलले ५ विकेट लिँदा विक्रम भुषालको नाममा २ विकेट रह्यो।

प्रदेश ३ सेमिफाइनलमा

प्रदेश ३ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै प्रदेश ३ ले अन्तिम चारको यात्रा पक्का गरेको हो।

प्रदेश ३ ले चार खेलबाट ६ अंक बनाएको छ। रन रेटमा अघि रहँदै प्रदेश ३ समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ। राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य ३३ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।

प्रदेश ३ को जितमा इशान पाण्डेले ५३ रनको योगदान दिए भने अदिल खानले अविजित ३३ रन बनाए। उनीसँगै कप्तान पारस खड्काले २६ रन जोडे। ओपनर रित गौतमले ११ र रविन जोशीले १३ रन बनाए।

यसअघि, टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। उसका लागि खड्क बोहराले सर्वाधिक ४० रन बनाए भने रोशन अधिकारीले २७ र नरेश बोहराले २६ रन जोडे।

सुदूरपश्चिमको ब्याटिङलाई सस्तैमा समेट्नका लागि सूर्य तामाङले ३ विकेट लिए भने प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले समान २ विकेट लिए। नन्दन यादव र पारस खड्काले पनि समान १ विकेट लिए।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width