सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न शाखा कार्यालयहरुमा सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर थप गरेको छ। ग्राहकवर्गको माग तथा सुविधा मध्यनजर गर्दै देशभरका विभिन्न शाखा कार्यालयहरुमा जेठ १५ गतेदेखि सन्ध्याकालीन काउण्टर र १८ गतेदेखि होलिडे काउन्टरको सुविधा थप गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए।
आफ्ना ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले थप १३ शाखा कार्यलयबाट सन्ध्याकालीन काउण्टर तथा होलिडे काउण्टर संचालनमा ल्याएको जनाएको छ।
थप गरिएका सन्ध्याकालीन तथा होलिडे काउण्टरमध्ये काठमाडौं उपत्यकाभित्र ४ ओटा शाखाहरु रहेका छन्। थप गरिएका सन्ध्याकालीन तथा होलिडे काउन्टरसहित देशभरमा १७ ओटा शाखाहरुबाट सन्ध्याकालीन काउण्टर तथा जम्मा २१ ओटा शाखाहरुबाट होलिडे काउण्टर संचालन गरी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गरिएको बताइएको छ।
सार्वजनिक बिदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न शुरु गरेको सो बैंकको होलिडे काउण्टर सेवाअन्तर्गत काठमाडांै तथा पोखरा उपत्यका एवं बाँके र कैलाली क्षेत्रका विभिन्न शाखाहरुबाट बिहान १० देखि ३ बजेसम्म बैंकिङ सेवा खुला रहने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९