गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गण्डकी प्रदेशका सबै सरकारी अस्पताललाई आवश्यक पर्ने रकम प्रदेश सरकारले बिनियोजन गर्ने बताइन।
जिल्ला अस्पताल स्याङ्जाको १९ औं बार्षिकोत्सवको अवसरमा आइतवार बोल्दै मन्त्री पुनले प्रदेशका ११ वटै जिल्लाका मेडिकल सुपरिेटेन्डेन्टलाई बोलाएर गरिएको छलफलबाट अस्पतालका लागि ८१ करोड बजेट आवश्यक पर्ने बताइन्। सो रकम छुट्टाउनका लागि आफनो पहल रहनेमा जोड दिइन। उनले भनिन् ‘ प्रदेशका सबै अस्पताल राम्रो बनाउने र स्याङ्जा बासीलाई पोखरा धाउन नपनेर्गरी आवश्यक सेवा सुबिधा उपलब्ध गराउनेछौं। ’
पन्ध्र शैयाको जिल्ला अस्पताललाई ५० शैया बनाउनुपर्ने अस्पताल परिवारको मागलाई मन्त्री पुनले जनशक्ति र आवश्यकता अनुरुपको भौतिक संरचना लगायतका बारेमा बृहत छलफल गरेर निर्णय लिईने जानकारी दिईन। अस्पतालका लागि आवश्यक पर्ने एम्बुलेन्स, खानेपानी सुबिधा, सेवा सुबिधाका बारेमा प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिवद्धता जनाइन्। भाषण र शासन फरक भएको बताउदै मन्त्री पुनले स्वास्थ्य उपचार गराउदा सेवाग्राहीले उपचारको महसुस गनेर्गरी सेवा सुबिधा उपलब्ध गराउन चिकित्सक र सरोकारवालाई आग्रह गरिन्।
कार्यक्रममा गण्डकी प्रदेश बिधायन समितिका सभापति मोहन रेग्मी, प्रदेश सदस्यद्धय दीपक थापा र मीनप्रसाद गुरुङ, प्रदेश स्वास्थ्य निदेर्शक खिमबहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री, पूर्व अध्यक्ष दिर्घनारायण शर्मा, डा. अमृत पोखरेल लगायतले २०५७ सालमा स्थापित अस्पतालको स्तरोन्नतिगरी समय सापेक्ष दरबन्दी र आधुनिक उपकरण अनुरुप संचालन गर्न प्रदेश सरकारको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए। यसैगरी, अस्पतालले आइतवारदेखि आँखा उपचारको सेवा समेत सुरु गरेको छ। यसअघि बालरोग, स्त्री तथा पसुुती रोग र दन्त रोगको बिशेषज्ञ सेवा उपलब्ध गराउदै आएको अस्पतालले आजदेखि आँखा उपचार केन्द्र संचालन सुरु गर्ने भएको हो।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. बिनिता शर्माले स्वागत एवं डा निरज पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री
सार्वजनिक बसमा प्रहरीको निगरानी
गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
४० ज्येष्ठ नागरिकलाई सम्मान
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१