एनसेलको फोरजी एलटिई १ हजार स्थानमा

यज्ञप्रसाद बास्तोला
जेठ २१, २०७६

एनसेल प्रालिले देशकै बृहत् चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १ हजार बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ।

एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १ हजार बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेको घोषणा गरेको हो।

अब प्राय सबै शहरहरु र शहरीक्षेत्रभन्दा बाहिरका ग्राहकले द्रूतगतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरबाट फाइदा लिन सक्नेछन्।

“ग्राहकलाई द्रूतगतिको मोबाइल कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्न, शहरीक्षेत्र भन्दा बाहिरका स्थानहरु समेत समेट्दै सफलतापूर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रुपमा विस्तार गर्ने कार्य भइरहेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौ, ’ एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन्। फोरजी/एलटिई प्रविधिअन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायत काम गर्न सक्नेछन्।

२ वर्षबाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो। यो सेवामध्ये गत वर्ष पुससम्म देशका विभिन्न २१ शहरहरुमा सिमित थियो। अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ्ग, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटा लगायत अन्य धेरै शहरहरु सहित १ हजार बढी स्थानहरुमा उपलब्ध छ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई मात्र रु १ शुल्क तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्छन्। सिम लिँदा ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गर्नुपर्दछ। यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बरमा कुनै परिवर्तन हुने छैन। साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गनेर्छन्। प्राप्त डेटा ७ दिनको लागि मान्य हुनेछ र यो दिनको समय अर्थात बिहान ५ बजेबाट साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिनेछ ।

एनसेलले फोरजी/एलटिई देशको विभिन्न भागमा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरुप सेवा संचालनमा ल्याएको २ वर्षभित्रमा ४४ जिल्लामा यो सेवा विस्तार गरेको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width