शिक्षासेवी वाग्लेको निधन

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७६
gopi

लेखनाथ, १९ जेठ । पोखरा महानगरपालिका वडा नं. ३२, मालेपाटन निवासी गोपीराज वाग्लेको जेठ १९ गते आफ्नै निवासमा ७५ वर्षको उमेरमा निधन भएको छ ।

वि.स. २००२ साल असार २ गते हाल शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेक, नयाँगाउँ तनहुँमा जन्मिएका वाग्लेले २०२२ देखि २०६२ सालसम्म ४० वर्ष विभिन्न विद्यालयमा मा.वि. तहमा प्रधानाध्यापक र शिक्षक भई अविछिन्न रुपमा अध्यापन गराउदै आएका थिए । विश्वशान्ति मा.वि. देउराली र ब्रह्मरुपा मा.वि. राजाका चौतारा कास्कीमा शिक्षण सेवामा संलग्न उनका

पत्नी राधादेवी, छोराहरु हरिकृष्ण, शिवराज र भरतराज वाग्ले तीन भाइ छोरा र दुई नाति तीन नातिनी रहेका छन् ।
उनी विगत लामो समय देखि दमरोगवाट पीडित थिए । वहाँको पार्थिव शरिरलाई पोखरा ३२ को सतीघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width