भरतपुरमा गरिमाको शाखा

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७६
Photo

पोखरा, १९ जेठ । गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर महानगरपालिका–२६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका – २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकको उपस्थितिले स्थानीय सेवाग्राहीलाई सहयोग पुग्ने बताए । साथै उनले यस क्षेत्रमा थप शाखाहरु खोल्न सदैव उत्प्रेरित भैरहेको बताए ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को तेश्रो त्रैमासको अन्तसम्ममा .३० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी.२६ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको जानकारी बैंकका मुख्य प्रबन्धक संजुप्रसाद जैसवालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width