न्यूजिल्याण्डद्वारा श्रीलंका पराजित

आइसीसी विश्वकप क्रिकेट

एजेन्सी
जेठ १९, २०७६

एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा ‘डार्क हर्स’ न्युजिल्याण्डले विजयी यात्रा शुरुवात गरेको छ। श्रीलंकालाई १० विकेटले हराउँदै न्यूजिल्याण्डले १२ औं संस्करणको विश्वकपमा सुखद शुरुवात गरेको हो।

वेल्सको कार्डिफ क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ३७ रनको सामान्य चुनौतिलाई न्यूजिल्याण्डले बिनाक्षति १६ दशमलव १ ओभरमा भेट्टायो। मार्टिन गुप्टिलले ७३, कोलिन मुरो ५८ रनमा अविजित खेल्दै टोलीलाई शान्दार जित दिलाए।

शुरुमा टस जितेर न्यूजिल्याण्डले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको श्रीलंका २९ दशमलव २ ओभरमा १ सय ३६ रनमा समेटिएपछि टोलीले सामान्य लक्ष्य प्राप्त गरेको थियो।

श्रीलंकाको लागि दिमुथ करुणारत्नेले ५२, कुशल परेराले २९ र तिसरा परेराले २७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। उसलाई सामान्य स्कोरमा रोक्न माट हेनरी र लुक फेर्गुसन, मिचेल सान्टनर, जेम्स निस्हाम र कोलिनर डि ग्राण्डहोमको नाममा समान १ विकेट रह्यो।

उता, अफ्गानिस्तानले अष्ट्रेलियालाई २ सय ८ रनको सम्मानजनक लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफ्गानिस्तानले यो समाचार तयार पार्दासम्म ३८ ओभर २ बलमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो।

यसअघि इङ्ल्याण्ड, न्यूजिल्याण्ड र वेष्ट इण्डिजले विजयी शुरुवात गरिसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width