पोखरा, १९ जेठ । २४ औं सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवसको अवसरमा छहरेपानी सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ अर्मलामा वृक्षारोपण गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश, जिल्ला महासंघ कास्की, पोखरा नगर, जिल्ला डिभिजन वन कार्यालयद्वारा पाँच सय तेजपातका विरुवा लगाइएको हो ।
वृक्षारोपण कार्यक्रमका लागि आवश्यक विरुवा जिल्ला डिभिजन वन कार्यालयबाट निशुल्क उपलव्ध गारईएको थियो भने खाल्टा खन्न र झाडी फाँडका लागि स्थानीय उपभोक्तालाई परिचालन गरिएको समूहका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए ।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सरिता कुमालले विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै वनलाई उपभोक्ताको आयआर्जनसंग जोड्न महासंघले अभियान सञ्चालन गरेको बताइन् ।
पोखरा–१६ का वडाअध्यक्ष जीवन आचार्यले सामुदायिक वनको अवधारणाको कारणा नेपालको वन संरक्षणमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसलाई कानून सम्वत ढंगले उपयोग गरिनु पर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वनलाई उद्यमसंग जोड्ने महासंघको अभियानलाई तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।
एकसय ४० घरधुरी रहेका सो सामुदायिक वनमा परम्परागतरुपमा रहेको जंगल भित्रको खाली ठाउँमा तेजपातका विरुवा रोपेर उपभोक्ताको थप आम्दानीको श्रोतकारुपमा विकास गरिने लक्षय रहेको स्थानीय उपभोक्ता एवम् सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सदस्य जितबहादुर बस्नेतले बताए ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९