पोखरा, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षां पुरा गर्न आफू लागि पर्ने बताएका छन् ।
नेपाल स्काउट प्रथम राष्ट्रिय रोभर मुटको शनिवार पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने–राजनीतिक परिवर्तनसँगै अब नेपाललाई समृद्धि तर्फ अगाडि वढाउन जरुरी छ । सुशासन र विकास आजको आवश्यकता हो, आधुनिक, समृद्ध , विकसित र सभ्य नेपाल निर्माण गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ, त्यसका लागि सरकारका राम्रा कामको बिरोध नगर्न उनले आग्रह गरे ।
सरकारले राम्रो काम ग¥यो भने त्यसको बिरोध गर्ने, एकतालाई भाड्न खोज्ने, संविधानको पालना गर्न खोज्दा अनेकथरी कुरा गर्ने प्रवृत्ति हामीमा छ, उनले भने–सबैले सकरात्मक सोच राखेर अगाडि वढौ ।
भारतको निर्वाचन पछि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीबाट हामीले पाठ सिक्न जरुरी छ, मेदीले सपथमा भनेका छन् विधिद्वारा ल्याइएको संविधान पूर्ण रुपमा पालना गर्छु, आम नागरिकले पनि संविधानको सम्मान गर्छ तर नेपालमा संविधानको बिरोधमा उत्रनेहरु धेरै छन् ।
नेपालीहरु संक्रिणताभन्दा माथि उठेर राष्ट्र निर्माणमा जुट्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने–कानूनको पालना गर्दै संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै शगाडि वढौ । सरकार जनताको शारभौम सत्तालाई उपयोग र सुरक्षा प्रदान गर्दै सम्मानित जीवन विताउन पाउने पर्ने भनाई प्रधानमन्त्री ओलीको छ ।
गौरवशाली पूर्खाहरुको विरासत, इतिहास, विद्धत, योगदान र पौरखबाट यहाँसम्म आएको छौ उनीहरुलाई योगदानलाई सम्मान गर्दै नयाँ सोचकासाथ युवालाई अगाडि वढाउन जरुरी छ, उनले भने– देशको संस्कृति, साहित्य, कला, प्रकृति नेपालमा अथाह छ ।
प्रतिभाशाली नेपाली बस्ने ठाँउ नेपाल हो, खोज अनुसन्धान विद्धता लगायत हरेक क्षेत्रमाविश्वको अन्य भूभाग भन्दा कम छैन, उनले भने–नयाँ पुस्ताको यो धर्ती हो, नेपाल झगडा, हत्या र हिंसाको अखडा हैन शान्तिभूमिको रुपमा विकास गर्न आग्रह गरे ।
उक्त अवसरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशको मूख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ, स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी लगायतको आफ्नो मन्तब्य व्यक्त गरेको थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
hero news full width
मुख्य समाचार
गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
गण्डकीको नीति तथा कार्यक्रम आज
जेठ २१, २०८०भारत भ्रमण परिणाममुखी : प्रधानमन्त्री दाहाल
जेठ २१, २०८०पोखराबाट कांग्रेस नेतृत्वलाई खबरदारी : पार्टीको चाल, चेहरा र चरित्र फेर्न रुपान्तरण अभियान
जेठ २०, २०८०ओलम्पियनहरु पोखरामा भेला
जेठ २०, २०८०मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो हिलोको सास्ती
जेठ २०, २०८०