ताराकुञ्जमा लागु औषध सम्वन्धी सचेतना

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
ssss

पोखरा, १७ जेठ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीद्वारा आयोजित पोखार–१३ स्थित ताराकुञ्ज बोर्डिङ स्कुलमा लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि ताराकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम गौतमले सामुदायिक सेवा केन्द्र माटेपानीले स्कुलमा लागु औषध सम्बन्धी श्रव्य दृश्य सहितको जनचेतना मुलक कार्यक्रम संचालन गरेको प्रति आभार व्यक्त गरे । स्कुलका प्राचार्य नरेश तिमिल्सेनाले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

कक्षा ८,९ र १० मा अध्ययनरत १३७ जना छात्रछात्रालाई लागु औषध व्यूरो पोखराका प्रहरी नायब निरीक्षक बिद्याधर त्रिपाठीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा केन्द्रका कार्यसमिति पदाधिकारी, प्रहरी कर्मचारी, स्कुलका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रमको स्वगत मन्तव्य केन्द्रका उपाध्यक्ष बलबहादुर कार्की, कार्यक्रम संयोजक सेवा केन्द्रका सदस्य रमेश कुमार झा ले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संचालन सचिव मीरादेवी आचार्यले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width