४० नयाँ गन्तव्यको खोजी –पर्यटनमन्त्री लम्साल

रासस
जेठ १७, २०७६
lamsal-mantri

दमौली, १७ जेठ । गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिए । । शुक्रवार दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले भने “प्रत्येक जिल्लामा फरक–फरक गन्तव्य बनाउने सरकारको सोच हो । त्यसका लागि अध्ययन गर्ने तयारी गरेका छौँ ।”

सन २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकार अगाडि बढेको र उक्त लक्ष्य पूरा गराउन पर्यटकीय गन्तव्य पहिचान आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री लम्सालले शुक्रवार नै तनहँुको व्यास नगरपालिका–३ मा निर्माण हुन लागेको गुरुङ सङ्ग्रहालयको अवलोकन गर्दै त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width