बाँके, १७ जेठ । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।
तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको उल्लेख छ ।
त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ । लागुऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नं ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागुऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताए ।
उनले भने “खुला सिमानाका कारण लागुऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ”, उनले बुलेटिनमा आएको तथ्याङ्कले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागुऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतनाको खाँचो आँैल्याए । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागुऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै सबैको सहकार्यले मात्र लागुऔषधविरुद्धको अभियान सफल हुने कुरामा जोड दिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१