व्यवसाय तथा गन्तव्य प्रबद्र्धनको मुख्य उद्देश्यसहित पर्यटकीय नगरी पोखरामा पहिलोपटक जेठ १८ गते विजनेट टु विजनेस (बीटुबी) मिटिङ अर्थात् व्यावसायिक छलफल कार्यक्रम आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले पोखरा बीटुबी नाम दिएर उक्त कार्यक्रम आयोजना गर्न लागेको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
बीटुबीमा भाग लिन २७ जना क्रेता र ३५ जना बिक्रेता पोखरा आइसकेको कार्यक्रमका संयोजक टीकाराम सापकोटाले जानकारी दिए। कार्यक्रममा भारत, बंगलादेश र कम्बोडियाका टूर अपरेटरले भाग लिन लागेका हुन्।
करिब २० लाख रुपैयाँ खर्चमा आयोजना हुन लागेको यो बीटुबीले अर्को वर्ष यहाँ पोखरा ट्राभल मार्ट आयोजना गर्न सहयोग पुग्ने विश्वास सापकोटाको छ। ‘यो शुरुवात हो, अर्को वर्ष अझै बृहत्तररुपको कार्यक्रम गर्ने सोच हाम्रो छ, ’ सापकोटाले सुनाए।
गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाइरहेको र संघीय सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिसकेको अवस्थामा हुन लागेको यो बीटुबीको विशेष महत्व रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख निर्देशक मणिराज लामिछानेले बताए। पोखराका व्यवसायी व्यावसायिक हिसाबले सक्षम रहेको र पोखरामा स्तरीय पर्यटकीय होटल तथा रेष्टुराँ समेत रहेका कारण बीटुबीले पोखरा प्रबद्र्धनमा समेत सहयोग पुग्ने भनाइ लामिछानेको छ।
बीटुबीमा ४ वर्षअघि नेपालमा घटित महाभूकम्पपछि पुनर्जागृत भएको नेपाली पर्यटन र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत चर्चा हुने जनाइएको छ।
उक्त छलफलमा ट्रिएड्भाइजर लगायत संस्थाका २ जना विदेशी स्रोतव्यक्तिहरुले कार्यपत्र प्रस्तुत गर्ने तालिका समेत रहेको छ। नेपालीका तर्फबाट पनि केही प्रस्तुति राखिने भएको छ। छलफलमा पोखराका ४० व्यवसायीले समेत सहभागी जनाउने छन्। चार देशका व्यवसायीबीच हुने उक्त छलफलले पोखरालाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने अभियानमा टेवा पुग्ने विश्वास परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको छ। अकोर्तर्फ पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढिरहेको तथ्यांकले देखाए पनि त्यो संख्याबाट उतिसाह्रो लाभ पाउन नसकेको अहिलेको अवस्थामा आगामी दिनमा हुने पाहुनाको आगमनले व्यावसायिक लाभ हुने आशा पनि उनले व्यक्त गरे।
यसैगरी, पछिल्लो समय नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्या बढिरहेको उल्लेख गर्दै परिषद्ले सन् २०१६ को तथ्यांकअनुसार १ लाख १८ हजार, २०१७ मा १ लाख ६० हजार र सन् २०१८ मा २ लाखभन्दा बढी भारतीयले नेपाल भ्रमण गरेको जनाएको छ। यसबाहेक बंगलादेशीको संख्या २०१६ मा २३ हजार, २०१७ मा २९ हजार र २०१८ मा ३० हजार हाराहारी रहेको बीटुबीका संयोजक सापकोटाले जानकारी दिए। नेपाल आउने कम्बोडियाली पर्यटकको संख्या भने न्यून रहेको उनले सुनाए। नेपाल आउने बौद्धमार्गी पर्यटकको संख्या बढिरहेको अवस्थामा कम्बोडियाली पर्यटको संख्या समेत आगामी दिनमा बढ्नेमा व्यवसायी आशावादी रहेका छन्।
बीटुबीले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्षलाई सघाउ पुर्याउने र पोखरा मार्ट भविष्यमा आयोजना गर्न सहायक हुने विश्वास पनि लिइएको छ। बीटुबीमा नेपालको चितवन र बर्दियाका पर्यटन व्यवसायीले समेत भाग लिने जनाइएको छ।
पत्रकार सम्मेलनमा परिषद् उपाध्यक्ष गोपिबहादुर भट्टराई र महासचिव डिल्लीप्रसाद गौतमले पनि भनाइ राखेका थिए।
Related News
सम्बन्धित समाचार
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
सहकारी सुशासनमा जोड
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९