Worldlink ads

विमानस्थलको सुरक्षामा रोबोट

रासस
जेठ १७, २०७६
japan robot security

जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ।

जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ। यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन।

यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ। स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाईका छन।

ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ। ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ। रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो।

सन २०२० मा जापानमा ओलम्पिक खेलकूद हुदैछ। त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ। त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन।

विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने जनाइएको छ। जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ। जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरि सकिएको छ।

यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रबद्र्धन गर्ने अनुमान गरिएको पनि एक समाचारमा जनाइएको छ।

Related News

सम्बन्धित समाचार

    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु

      आदर्श समाज सम्वाददाता पौष २८, २०७८
      पाेखरा । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक…
    • संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पाेखरा । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन-डब्लूएचओले चेतावनी दिएको छ ।…
    • अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु

      आदर्श समाज सम्वाददाता पौष १२, २०७८
      पोखरा । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको समाचार छ। सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका…
    • कोरोना बढेपछि दिल्लीमा कफ्र्यू

      आदर्श समाज सम्वाददाता पौष १२, २०७८
      पोखरा । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कफ्र्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका…

    hero news full width