रवीन्द्र स्मृति प्रतिष्ठान घोषणा तयारी पूरा

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
rabindra-adhikari

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पोखरा सभागृहमा सो घोषणा हुने विहीवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले स्वर्गीय अधिकारीले राष्ट्रलाई पुर्याएको योगदानको कदर गर्दै योगदान चिरस्थायी बनाउन स्मृति प्रतिष्ठान स्थापना गर्न लागिएको बताइन्।

राज्यका लागि अनुसन्धानात्मक काममा सहयोगको लागि प्रतिष्ठान सधै लागिरहने भट्टराईले प्रतिबद्धता जनाइन्। मानव स्रोत संशाधनको विकास गरी सीप तथा अनुसन्धानमूलक काम गर्न प्रतिष्ठान लागिरहने उनले जानकारी दिइन्।

प्रतिष्ठान गैरनाफामूलक संस्था रहेको र यसमा ३ किसिमका सदस्यता रहने प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए। साधारण सदस्यको लागि ५ सय रुपैयाँ, आजीवन सदस्यको लागि ५ हजार रुपैयाँ रहनेछ।

जसमा ३ हजार ५ सय रुपैयाँ स्वेच्छिक रहनेछ। विशिष्ट सदस्यको लागि १ लाख रुपैयाँ शुल्क लाग्ने आचार्यले बताए। प्रतिष्ठानका उपाध्यक्ष तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले अन्य प्रतिष्ठानभन्दा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान फरक हुने दाबी गरे।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width