अनुपम म्यूजिकले नेपाली लोकगीतको उत्थानमा महत्वपूर्ण योगदान गरेकोमा लोकगायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्यूजिक अवार्ड–०७६ प्रदान गर्ने भएको छ। न्यौपानेको स्वरमा १ हजारभन्दा बढी गीत रेकर्ड भएका छन्।
यस्तै यस वर्षको तीर्थहरि समाजसेवा अवार्ड समाजसेवी विश्वमोहन गौचनलाई प्रदान गरिने भएको छ। एड्स रोग नियन्त्रण संघ, कास्कीलगायत दर्जनौँ सामाजिक संस्थामा रहेर समाजसेवाका क्षेत्रमा गौचनले पुर्याएका योगदानको कदर गर्दै नगदसहितको अवार्ड प्रदान गरिने बताइएको छ।
यसैगरी, अनुपम सङ्गीत सम्मान गीतकार सुमन श्रापित र सङ्गीतकार डेनी निरौलालाई प्रदान गरिने भएको छ। पोखरामा रहेर २ दशकदेखि गीत लेखनमा लागेका श्रापितका १ सय ५० भन्दा बढी गीत रेकर्ड भएका छन् भने आधा दर्जन एल्बम र ‘भावनाको खेती’ नामक गीत सङ्ग्रह प्रकाशित छन्।
निरौलाका सङ्गीतमा ३ सयभन्दा बढी गीत रेकर्ड भएका छन्। अवार्ड तथा सम्मानहरु पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा समाजसेवी वीरेन्द्र पालिखे, गायक/सङ्गीतकार रामभक्त जोजिजू, गीतकार रेशम रचक, प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा प्रदान गरिने भएको हो।
सबै अवार्ड तथा सम्मान जेठ २५ गते पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने आयोजक मूल समिति संयोजक अनुराग अधिकारीले बताए। सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
लोकराजको ‘छाइल’ माथि विमर्श
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९