पोखरा फाइनान्स घान्द्रुकमा

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
sssss

पोखरा, १६ जेठ । पोखरा न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले कास्कीको घान्द्रुकमा नयाँ एक्सटेन्सन काउण्टर विहीवारदेखि सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने हेतुले खोलिएको यस घान्द्रुक एक्सटेन्सन काउण्टरको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा समाजसेवी तथा रोदी क्लबका अध्यक्ष पूर्ण प्रसाद गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका इलाका कार्यालय प्रमुख विदुर कुमार कुइंकेल, मेश्रम बराह मा.वि.का प्रधानाध्यापक रामेश्वर सुवेदीले शुभकामना मन्तव्य दिएका थिए । वित्तीय संस्थाका कार्यकारी प्रमुखले स्वागत एवं धन्यवाद ज्ञापन गरेका थिए ।

जारी पुंजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्ब ९६ करोड तथा कर्जा लगानी रु. ५ अर्ब ४८ करोड एवं जगेडा कोषमा रु. ३१ करोड २० लाख रहेको छ ।घान्द्रुक एक्सटेन्सन काउण्टर मार्फत् संस्थाले निक्षेप संकलन, चेक भुक्तानी तथा रेमिटेन्स लगायतका सेवा दिइने कार्यकारी प्रमुख श्री रबि चन्द्र गुरुङले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width