आश्रमलाई बैंकको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
pppppp

पोखरा, १६ जेठ । लक्ष्मी बैंक लिमिटेड पोखरा शाखाले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा बिहीवार पोखराको छोरेपाटन स्थित मानब सेवा आश्रमलाई पच्चीस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

लक्ष्मी बैंक लिमिटेड पोखरा शाखाले यस अघि पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराका बिभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम, विभिन्न स्थानमा बृक्ष्यारोपन, डष्टबिन वितरण लगायतका सामाजिक कार्यहरु गरेको जनाएको छ ।

उक्त सेवा आश्रममा अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं मनोरोगीको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको माध्यमबाट सडक मानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्य सहित स्थापना भएको र उक्त सेवा आश्रममा हाल ८० जना आश्रित रहेका छन ।

लक्ष्मी बैंकको हाल नेपालभरी ७ वटै प्रदेशका ४७ जिल्लाहरुमा १०६ शाखा कार्यालयहरु र १२८ ए.टि.एम काउन्टरहरुबाट आफ्नो बैंकिङ सेवा प्रदान वताइएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width