प्रधानमन्त्री कप क्रिकेट : विभागीय पुलिसको दोस्रो जित

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
PM Cup Cricket, Police vs Pro_Fotor

विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा प्रदेश १ लाई ७५ रनले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।

मुलपानी क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ८६ रनको मध्यम लक्ष्य पछ्याएको प्रदेश १ ले ३८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १० रनमात्र बनाउन सक्यो। प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिक २७ रन बनाए। मनिष थापाले १५ रन जोड्दा कप्तान पुष्प थापाले १० रन बनाए। पुलिसका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान २ विकेट लिए। आरिफ शेखको नाममा १ विकेट रह्यो। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। पुलिसको जितमा अमित श्रेष्ठले १ सय ६ रनको शतकीय इनिङ्स खेले। कुशल भुतेर्लले २४ रन बनाए। प्रदेश १ का फिदोर्स अन्सारी, सिद्धान्त लोहनी, कमल खत्री, पुष्प थापा र दीपेश कँडेलले समान २ विकेट लिए।

जितसंगै समूह ‘बी’ को पुलिसले २ खेलबाट ४ अंक जोडेको छ। सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको पुलिस समूहको दोस्रो स्थानमा छ। यस समूहमा ३ खेलमा ६ अंक जोडेको आर्मीको ६ अंक छ। पराजित प्रदेश १ ले २ खेलमा अंक जोड्न सकेको छैन।

प्रदेश २ को पहिलो जित

प्रतियोगितामा प्रदेश २ ले पहिलो जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित निकालेको हो।

कर्णालीले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। प्रदेश २ का लागि हरिशंकर साहले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, हसिम अन्सारीले १७ तथा रवि साहले अविजित १६ रन बनाए। कर्णालीका लागि प्रकाश जैशीले १ विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको कर्णालीले ३४ ओभर ४ बलमा अलआउट हुँदै ९३ रन बनाएको थियो। कर्णालीका लागि प्रकाश जैशीले ३७ र कप्तान रवीन्द्र शाहीले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन्।

प्रदेश २ का कुमार थापाले सर्वाधिक ३ विकेट लिए। रशिद खान, शम्शेद शेख र हरिशंकर शाहले समान २ विकेट आफ्नो नाममा लेखाए। जितसँगै समूह ‘बी’को प्रदेश २ ले २ खेलबाट २ अंक जोडेको छ। प्रदेश २ समूहको तेस्रो स्थानमा छ। अंकविहीन कर्णाली भने पुछारमा रहेको छ। कर्णाली समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width