Worldlink ads

गणतन्त्र दिवसमा प्रभातफेरी

आर्थिक क्रान्ति आवश्यक : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
prithvi_Fotor

गणतन्त्र दिवस अवसरमा पोखरामा बुधबार आयोजित प्रभातफेरीमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ लगायत। तस्वीर : रिजन नेपाल

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले ऐन कानून बनेसँगै अब सरकार आर्थिक क्रान्तितर्फ अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।

गणतन्त्र दिवस मनाउन गठित गण्डकी प्रदेश मूल समारोह समितिद्वारा बुधवार पोखरामा आयोजित गणतन्त्र दिवस समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले भने, ‘सात दशकदेखिको राजनीतिक क्रान्ति सफल भएको र अब नेपाली जनताको चाहना पुरा गर्न समृद्धि र विकासतर्फ जान जरुरी छ। ’

‘नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, ’ उनले भने, ‘संविधानको सफल कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक हुन्छ। संघीय राज्यप्रणालीको भावना र मर्मअनुरुप हाम्रो संस्कार, संस्कृति र कार्यशैलीमा परिवर्तन आउनुपर्नेमा उनको जोड थियो।’

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफल पार्न सबै राजनीतिक पार्टी र नागरिकको सहयोग आवश्यक पर्ने बताए। प्रदेशअन्तर्गतका विभिन्न कार्यालयका उत्कृष्ट कार्य गरेबापत २५ जना राष्ट्रसेवक कर्मचारीलाई नगद पुरस्कार एवं प्रशंसापत्रले सम्मान गरिएको थियो।

त्यसअघि मुख्यमन्त्री गुरुङले पोखराको शहीद पार्कमा पुगी अमर शहीद स्मारकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

मूल समारोह समितिद्वारा सिर्जनाचोकबाट सिमलचौर, रत्नचोकहुँदै शहीदचोकसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो।

प्रभातफेरीमा मुख्यमन्त्री गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, मन्त्री, प्रदेश सांसद, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिले सहभागिता जनाएका थिए।

Related News

सम्बन्धित समाचार

    • मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

      रासस माघ १३, २०७८
      मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार…
    • सांसदको सुविधा समाजसेवामा

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले सबै सरकारी सुविधा समाजसेवामा लगाएका छन् । उनले वर्षभरिमा गरेको सहयोगबारे एक…
    • आर्थिक सहयोगका लागि ३० होमस्टे छनोट

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । गण्डकी सरकारले ३० सामुदायिक होम स्टे (घरबास कार्यक्रम) को लागि आर्थिक सहयोग गर्ने भएको छ । कुल ६२…
    • क्यान्सर पीडितलाई पूर्व विद्यार्थी मञ्चको सहयोग

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      स्याङ्जा । स्याङ्जाको श्रवण माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत १३ वर्षीय रक्त क्यान्सर पीडित समीर मल्ललाई सोही विद्यालयको पूर्व…
    • सीमानाकामा भारतले बनायो सडक, नेपाली पक्षद्वारा विरोध

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      नवलपरासी । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी बनाउँदै गरेको सडक निर्माण कार्यको नेपाली पक्षद्वारा विरोध जनाएको…

    hero news full width