कर्वाकेली बास्केटवलको उपाधि लामाचौरलाई

आदर्श समाज सम्वाददाता
जेठ १६, २०७६
baskita ball 15

लेखनाथ, १६ जेष्ठ । कर्वाकेली युवा क्लब पोखरा –२७ ले आयोजना गरेको प्रथम खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि लामाचौरले हात पारेको छ ।

पोखरा २७ अर्घौ स्थति पुन मगर समाजघरमा बुधवार भएको फाईनल खेलमा लामाचौरले अर्घौ कालोलाई ६३–५३ को स्कोरका साथ उपाधि उचान्न सफल भएको हो। प्रतियोगितामा सहभागी १८ टीमलाई पछि पार्दै लामाचौरले नगद ५० हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र हात पारेका हुन् भने उप विजेता अर्घौ कालोले सिल्ड,मेडल र प्रमाण पत्र सहित नगद ३० हजार प्राप्त गरेको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीमा लाचाचौरका प्रवेश पुन र उच्च स्कोरमा अर्घौका टेक पुन पुरस्कृत भएका हुन् ।

त्यस्तै भेन्ट्रस तर्फ सहभागी पाँच टिमहरु मध्य ई एक्स एविसी अमरसिंहले अर्घौलाई ७२–५१ स्कोरका साथ उपाधि हात पार्न सफल भएको छ। उपाधि सहित ई एक्स एविसीले नगद ३० हजार सिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता अर्घौले नगद १५ हजार सहित सिल्ड,मेडल र प्रमाण पत्र हात पारेको हो ।

विजयी समूहलाई अर्घाै पुन समाजका अध्यक्ष देउबहादुर चोची, क्लवका अध्यक्ष दिपक पुन, खेल संयोजक बिजय पाइजा र पुुरस्कार प्रायोजक कृष्ण पुनले संयुक्त रुपमा पुरस्कार बितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width