वडाध्यक्ष कप फुटबल शुरु 

उद्घाटन खेलमा छोरेपाटन विजयी

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६
17 Wada Adhekshya FootBall_Fotor

मुख्य रेफ्री गम्भिर परियारलाई बल हस्तान्तरण गर्दै पोखरा – १७ का वडाध्यक्ष तीर्थराज अधिकारी। तस्वीर : नारायण शाही/आदर्श समाज

ड्यामसाइड क्लबको आयोजनामा मंगलवारदेखि अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ।

पोखरा महानगरपालिका वडा १७ को वार्षिकोत्सव अवसरमा आयोजित प्रतियोगिताको वडाध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा ईश्वर सुवेदीको ह्याट्रिक मद्दतमा छोरेपाटन माविले न्यू मिलेनियम बोर्डिङ स्कूललाई ३ – ० गोलअन्तरले हरायो। ईश्वर उक्त खेलको म्यान अफ दि म्याच बने।

दोस्रो खेलमा सन्दीप कुँवरको २ गोल मद्दतमा पोखरा स्पाइरल बोर्डिङ स्कूलले हिमालयन बोर्डिङ स्कूललाई २ – १ गोलले हरायो। हिमालयन बोर्डिङको तर्फबाट सिद्धान्त गिरीले १ गोल गरेका हुन्। उक्त खेलमा सन्दीप कुँवर म्यान अफ दि म्याच बने।

वडाको वार्षिक योजनामै विद्यालयबीच फुटबल प्रतियोगिता आयोजना गर्ने कार्यक्रम छ।

तेस्रो खेलमा ओम एकेडेमीले विद्या निकेतनलाई २ – १ गोलले हरायो। ओम एकेडेमीको लागि सन्दीप तामाङले दुवै गोल गरेका हुन्। विद्या निकेतनका सन्देश ढकालले एक गोल गरे। खेलमा सन्दीप तामाङ म्यान अफ दि म्याच बने।

प्रतियोगिता विजेताले २५ हजार, उपविजेताले १५ हजार, तेस्रोले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। सान्त्वना टीमले नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ।

वेष्ट प्लेयरलाई नगदसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष पदमबहादुर ढकालले जानकारी दिए। ढकालका अनुसार उत्कृष्ट कीपर, स्ट्राइकर, मिड फिल्डर, डिफेण्डरलाई ट्रफी प्रदान गरिने छ।

जेठ १८ गतेसम्म संचालन हुने प्रतियोगितामा सामुदायिक ३ र निजी १६ गरी १९ विद्यालयको सहभागिता छ। बुधबार ५ खेल हुने आयोजक ड्यामसाइड क्लबले जनाएको छ।

वडाध्यक्ष अधिकारीले आफूहरुले जनप्रतिनिधिको शपथ ग्रहणको दोस्रो वार्षिकोत्सवमा प्रतियोगिता शुरु गरेको बताए। वडाको वार्षिक योजनामै विद्यालयबीच फुटबल प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको उल्लेख गरे। आगामी वर्षदेखि प्रतियोगितालाई वडाले निरन्तरता दिने प्रतिबद्धता समेत जनाए।

वडा सदस्य राधिका शाही योगीले प्रतियोगितामाथि प्रकाश पार्दै वार्षिकोत्सव अवसरमा वडाले महिला सशक्तीकरणका लागि प्रशिक्षण र प्रभातफेरी कार्यक्रम गर्ने तय भएको उल्लेख गरिन्।

पोखरा महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत शेषनारायण पौडेलले खेलमार्फत विद्यार्थी खेलाडीबीच सहभावना र सहअस्तित्वको विकास हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा १७ का वडा संयन्त्र संयोजक वेदराज भण्डारी र नेपाली काँग्रेस पोखरा १७ का संयन्त्र संयोजक देवराज आचार्य लगायत बोलेका थिए।

क्लब अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष रमेशप्रसाद बरालले स्वागत र सचिव कीर्तिबल्लभ त्रिपाठीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width