नेपाल पत्रकार महांघको ‘स्वतन्त्र पत्रकारिताविरोधी ऐन मिडिया काउन्सिल’ विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश ५ को प्रादेशिक समितिको प्रथम बैठक दाङमा सम्पन्न भएको छ।
संघका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष केवि मसालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले जनताको सूचनाको हक र स्वतन्त्र पत्रकारिताको मर्मविपरीत मिडिया काउन्सिल गठन तथा कार्यसंचालन विधेयकविरुद्ध पत्रकार महासंघले थालेको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो।
संघको प्रदेश समितिको बैठकले जनताको सूचनाको हक प्राप्तिको संवैधानिक अधिकारको संरक्षणमा जस्तोसुकै कदम चाल्न तयार रहेको संघ अध्यक्ष मसालले बताए।
नेपाली पत्रकारिताको राणाकालीन अवस्थादेखि हालसम्म शासक वर्गको स्वार्थपूर्ति गर्न रचिएको षड्यन्त्रको भण्डाफोर गर्दै उनले पत्रकारिता सधैँ नैतिकता र इमानको हुनुपर्नेमा जोड दिए।
यसैगरी, स्वतन्त्र पत्रकार संघ प्रदेश ५ अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा दाङको घोराहीमा सम्पन्न प्रथम बैठकले विभिन्न ११ वटा निर्णयसमेत गरेको छ।
जसअनुसार बैठकले स्थानीय तथा प्रादेशिक सरकारसँग अन्तक्र्रिया गर्ने, असार पहिलो साता पश्चिम नवलपरासीमा आधारभूत पत्रकारिता तालिम संचालन गर्ने, प्रदेश ५ अन्तर्गत स्वतन्त्र पत्रकार संघ नेपालको रिक्त शाखा समितिहरु गठन गर्ने निर्णय गरेको प्रादेशिक सचिव बिन्दु घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै, बैठकले प्रदेश समिति सल्लाहकार समितिसमेत चयन गरेको छ। जसअनुसार समितिको प्रदेशिक कानूनी सल्लाकारमा कानून व्यवसायीद्वय प्रदीप गौतम र मनिराम आचार्य “मौसम” लाई चयन गरेको छ।
बैठकले डा लोकराज पराजुली, प्रतिष्ठित व्यवसायी खड्ग बुढाथोकी, व्यवसायी अभियान बस्नेत, व्यवसायी केशव नेपाली, व्यवसायी यमनारायण रजौरे, समाजसेवी विशाल पाण्डे र रमेश सिटौलालाई समिति सल्लाहकार चयन गरेको प्रदेश ५ का अध्यक्ष देवकोटाले जानकारी दिए।
बैठकले सुरज मेघनाथ (बाँके), महेन्द्रप्रताप सिंह (बाँके), प्रमोद कर्माचार्य (प्यूठान) र अर्जुन खत्री ( रुपन्देही) लाई प्रदेश सदस्यमा मनोनीतसमेत गरेको छ।
बैठकले घुम्ती बैठक राख्ने निर्णय भएबमोजिम प्रदेश ५ को प्रदेश समितिको बैठक भदौ १४ मा पश्चिम नवलपरासीमा सम्पन्न गर्ने भएको छ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९