काठमाडौँ, १४ जेठ । नेपाल सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल कार्यान्वयनका लागि जर्मन सरकारले प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग सोमाबार नेपालका लािग जर्मनीका राजदूत रोल्याण्ड साफेरले गर्नुभएको शिष्टाचार भेटमा राजदूतले आगामी दिनमा सामाजिक सुरक्षा योजनालाई समन्वयात्मकरूपमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक एवं अन्य सहयोग प्रदान गर्ने विश्वास दिलाए । भेटमा उनले श्रम, रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा नेपाल सरकारले अघि बढाएको दीर्घकालीन महत्वका सुधारबाट आफू निकै नै प्रभावित भएको बताए ।
सो अवसरमा मन्त्री विष्टले श्रम तथा आप्रवासका क्षेत्रमा नेपाल सरकारले अघि बढाएका महत्वपूर्ण सुधारका बारेमा राजदूतलाई जानकारी गराएका थिए । उनले श्रम सम्बन्ध, सामाजिक सुरक्षा, देशभित्रै व्यापकरूपमा रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले चालेका कदमका बारेमा जानकारी गराएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सो अवसरमा उनीहरुवीच नेपाल र जर्मनीबीचको मित्रता, समझदारी र सहयोगका विविध पक्षमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९