शान्तिका लागि पहिलो बरिष्ठ साईकल यात्रा

एजेन्सी
जेठ १२, २०७६
govind-paranjape

पोखरा, ११ जेठ । बिश्वशान्ति र अन्तराष्ट्रिय भाईचारा सम्बन्ध कायम राख्ने उद्देश्यले अखिल भारत बरिष्ठ नागरिक कन्फिडरेशनका बयोबृद्ध नेताहरु नेपाल भ्रमणका लागि साईकलमै पोखरा आउने भएका छन् ।

भारतको मुम्बई स्थित ईण्डिया गेटबाट साईकल यात्रा आरम्भ गर्ने ८१ बर्षीय गोविन्द काका पारान्जापे र उनका सहयात्री ६२ बर्षीय अर्का भारतीय बरिष्ठ नागरिक प्रकाश पाटिल रहेका छन् । बरिष्ठ भारतीय साईकल यात्रीहरु नेपालको सुनौलाी नाका हुंदै जेष्ठ २१ गते पोखरा आई पुग्ने कुरा अखिल भारत बरिष्ठ नागरिक कन्फिडरेशनका केन्द्रीय अध्यक्ष पि.एन.चाप्केले प्रेस स्वतन्त्रता सेनानी तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य कुसुम केशव पराजुलीलाई समाचार पठाएर जानकारी दिएका हुन् ।

उनीहरुलाई नेपालको सुनौली नाका प्रवेश गर्दा बरिष्ठ अधिवक्ता तथा ज्येष्ठ नागरिक महासंघका ५ नम्बर प्रदेश संयोजक बेनीबहादुर कार्की लगायतको टोलीले स्वागत तथा हौसला प्रदान गर्ने छन् भने गण्डकी प्रदेशको राजधनी पोखरामा गण्डकी प्रदेशका पदाधिकारी, स्थानीय जनप्रतिनिधिहरु, तथा साईकल यात्रीहरुको समुहले स्वागत एवम मैत्रीपुर्ण प्रोतसाहनको तयारी गर्ने कुरा रा.ज्ये.ना.महासंघ गण्डकीका महासचिव अमर शर्मा रेग्मीले बताए । शान्ति र मैत्रीका लागि अन्तराष्ट्रिय साईकल यात्रा गर्ने बयोबृद्धहरुको समुह मध्य यो पहिलो रहेको जानकारी अन्तराष्ट्रिय ज्येष्ठ नागरिक महासंघ सार्कका अध्यक्ष डा.गौरिशंकर लाल दासले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width