काठमाडौं, १२ जेठ । स्पेनिस कोपा डेल रेको फाइनलमा बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोड्रिगोले गोल गरे । यता, बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरेका थिए ।
खेलको २१औं मिनेटमा नै भ्यालेन्सियाले गोल गर्दै अग्रता बनाएको थियो । भ्यालेन्सियाका लागि केभिनले गोल गरेका थिए । ३३ औं मिनेटमा भ्यालेन्सियाले अर्को गोल थप्दै २–० गोलको अग्रता बनाएको थियो । यो पटक रोड्रिगोले गोल गर्न सफल भए ।
पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै एक गोल गर्न सफल भयो । तर भ्यालेन्सियालाई रोक्न भने सकेन । खेलको ७३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै २–१ गोलको अग्रतामा ल्याएका थिए । तर बाँकी समयमा अर्को गोल गर्न नसक्दा बार्सिलोना भ्यालेन्सियासँग २–१ गोलअन्तरले पराजित भएको हो ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१