पोखरा, १२ जेठ । टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।
त्यस्तै, मञ्चले यसपालि लाइफटाइम अचिभ मेन्ट अवार्ड चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।
यसअघि, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा (२०७२), खड्गबहादुर रानाभाट (२०७३) र प्राडा वीरेन्द्रसिंह गुरुङ (२०७४) सम्मानित भैसकेका छन् ।
पुरुषतर्फ वर्ष खेलाडीका लागि अमृत थापा (स्क्वास), युकेश गुरुङ (प्याराग्लाइडिङ) र रुपक नेपाली (फूल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । त्यस्तै, महिलातर्फ वर्ष खेलाडीमा प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।
पुरुष वर्ष खेलाडीले ट्रफीसहित टीभीएस अपाचे मोटरसाइकल पाउनेछ । महिला वर्ष खेलाडीले ट्रफीसहित टीभीएसको वीगो स्कूटर प्राप्त गर्नेछ । महिला तथा पुरुष वर्ष खेलाडीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिने कार्यक्रम छ ।
यसअघि, पुरुषतर्फ वर्ष खेलाडीहरुमा हेमन गुरुङ, सितेरियो कराँते (२०७२), कुमार अधिकारी, लन टेनिस (२०७३) र कमल भण्डारी, शारीरिक सुगठन (२०७४) बाट सम्मानीत भइसकेका छन् । त्यस्तै वर्ष महिला खेलाडीहरुमा मञ्जु गुरुङ, भलिबल (२०७२), अरुणा शाही, भलिबल (२०७३) र बिमला नेपाली, सितेरियो कराँते (२०७४) बाट सम्मानीत भइसकेका छन् ।
उदियमान वर्ष खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) मनोनयनमा परेका छन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षकमा दीपक गोदार (फूलकन्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल)र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।
उदियमान वर्ष खेलाडी, उत्कृष्ठ प्रशिक्षक र वर्ष पपुलर खेलाडीले ट्रफीसहित २५ हजार नगद पाउनेछन् । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गर्ने कार्यक्रम छ ।
यसअघि, उदियमान वर्ष खेलाडीहरुमा शशी चौधरी, एथ्लेटिक्स (२०७२), ममता डगौरा, भलिबल (२०७३) र मेखबहादुर थापा सेन, क्रिकेट (२०७४) बाट सम्मानीत भइसकेका छन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक अवार्डबाट सुरेन्द्र गुरुङ, सितेरियो कराँते (२०७२), सुनबहादुर लामा, तेक्वान्दो (२०७३) र जीवन घिमिरे, शारीरिक सुगठन (२०७४) बाट सम्मानीत भइसकेका छन् ।
वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड विधामा समेत अवार्ड दिइनेछ । सोको सार्वजनिक भैसकेको छैन । स्पोर्ट्स अवार्डको दोस्रो वर्ष २०७३ बाट नयाँ विधाको रुपमा उत्कृष्ठ खेलकुदको संघसंस्थालाई पनि अवार्ड थपिएको थियो । जसमध्ये कास्की जिल्ला लन टेनिस संघलाई (२०७३) र कास्की जिल्ला ब्याडमिन्टन संघले (२०७४) मा उत्कृष्ठ खेल संस्थाको अवार्ड प्राप्त गरेको थियो । उत्कृष्ठ खेल संस्थाका लागि ट्रफी र नगद १५ हजार पुरस्कार छ ।
त्यस्तै, स्पोर्ट्स अवार्डको तेस्रो वर्षदेखि उत्कृष्ठ खेल पत्रकारिता पुरस्कारको अवार्ड थपिएको थियो । पहिलो वर्ष उक्त पत्रकारिता अवार्डबाट नागरिक दैनिकका पोखरा ब्युरो प्रमुख सन्तोष पोख्रेलले प्राप्त गरेका थिए । पत्रकारिता अवार्डमा २० हजार नगदसहित सम्मानपत्र पुरस्कार रहेको छ ।
यसपालि थप वर्ष चर्चित खेलाडी विधातर्फ एसएमएस आधारमा वर्ष खेलाडी पुरुष, महिला र उदियमान विधामा मनोनयन परेका ९ मध्ये एकलाई चर्चित घोषणा गरिने छ । वर्ष पपुलर प्लेयर अफ अवार्ड यस वर्षदेखि अर्को विधा थपिएको मञ्चका अध्यक्ष एकराज गिरीले बताए ।
मञ्च संस्थापक एवं सल्लाहकार रामकृष्ण ज्ञवाली संयोजक रहेको खेलाडी छनोट समितिको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेको हो ।
पत्रकार सम्मेलनमा छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले छनोट आधारबारे प्रष्ट पारेका थिए । मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन अधिकारीले स्वागत र महासचिव विजय नेपालले कार्यक्रम संचालन गरेका थिए ।
‘समृद्धिका लागि खेलकुद’ मूल मन्त्रका साथ पोखरा सभागृहमा जेठ २४ मा हुने अवार्डमा सांस्कृतिक कार्यक्रम, खेलाडी ¥याम्प, विभिन्न खेल कौशल प्रदर्शन समेत हुनेछ ।
Related News
सम्बन्धित समाचार
आइएनएफको ‘शून्य कुष्ठरोग रणनीति’
डिएलएको महाधिवेशन चितवनमा, सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
कोभिडपछि खस्केकोे शिक्षा उकास्न ‘रियल प्लान’
तापक्रमले रेकर्ड ब्रेक गर्दै, सचेत हुन आग्रह
hero news full width
मुख्य समाचार
आँधीखोला र कालीगण्डकी गाउँपालिकाले बनाए आफ्नै भवन
कालीगण्डकी करिडोरमा जेसिबीको स्टेप्लाइजरले च्यापिएर पूर्ववडाध्यक्षको मृत्यु
जेठ २६, २०८०गण्डकी कलेज लामाचौरमा आइटी एक्स्पो सुरु
जेठ २६, २०८०पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
जेठ २५, २०८०नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
जेठ २५, २०८०पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०