दार्चुला, ११ जेठ । जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय ई–हाजिरी जडान गरिएको हो ।
विद्युतीय हाजिरी जडान गरिएपछि नियमित विद्यालय नआउने तथा राजनीतिमा संलग्न हुने शिक्षकले समेत नियमित विद्यालय आउनुपरेको छ । ई–हाजिरी जडान गरेपछि विद्यालयमा शिक्षको उपस्थिति नियमित देखिन थालेको सरस्वती मावि सेलिचामाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरासिंह धामीले बताए ।
विगतमा ई–हाजिरी नहुँदा शिक्षक एकै पटकमा बिदा बसेको समयको पनि हाजिरी लगाउने परम्परा थियो । अहिले ई–हाजिरीले शिक्षकको उपस्थिति निगरानी गर्न सहज भएको छ । मालिकार्जुन गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभरिका चार माध्यमिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । अहिले नमूनाका रुपमा केही विद्यालयमा मात्रै ई–हाजिरी जडान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दशरथ भट्टले जानकारी दिए ।
मालिकार्जुनमा ११ माध्यमिक विद्यालय छन । चालू वर्षमा बजेट पनि कम छु्ययाइएका कारण चार विद्यालयमा मात्र जडान गरिएको छ । गाउँपालिकाले निलेपातेश्वर मावि भर्तोला, सरस्वती मावि सेलिचामा, शङ्करपुर मावि पस्तीमा ई–हानिरी जडान गरिएको र मालिकार्जुन मावि मडमा जोड्ने तयारी रहेको भट्टले बताए ।
महाकाली नगरपालिकाले सबै माध्यमिक विद्यालयमा विद्युतीय हाजिर जडान गरेको छ । विद्युतीय हाजिरी जडान गरेपछि शिक्षकको नियमित उपस्थिति बढेको राष्ट्यि मावि दत्तुका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिए । नौगाड गाउँपालिकाले गतवर्ष नै सबै विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिका कार्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ ।
विद्युतीय हाजिरीले कर्मचारीको कामको मूल्याङ्कन गर्न सजिलो हुने हुँदा प्राथमिकताका साथ ई हाजिरी जडान गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले प्रविधि भित्र्याउन थालेका छन । स्थानीय तहबीच विद्युतीय हाजिरी, सिसी क्यामरा जडानदेखि डिजिटल नागरिक बडापत्र राख्ने काम चलेको छ ।कार्यालयबाहिर डिजिटल बडापत्रमार्फत गाउँपालिकाका गतिविधि देखाउने काम गरिएका बताइएको छ ।
Related News
सम्बन्धित समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
अन्नपूर्णमा अख्तियारको अन्तरक्रिया
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०