लिफ्टबाट ७५ घरलाई खानेपानी

रासस
जेठ ११, २०७६
5000-gallon-poly-water-tank-for-orchard

सिन्धुली, ११ जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो ।

गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी एक लाख आठ हजार घनमिटरको ट्याङ्कीमा जम्मा गरेर अहिले खोनपानी वितरण गरिएको छ ।

एक घर एक धारा सरकारको लक्ष्यअनुरुप त्यस क्षेत्रमा खानेपानी वितरण गरिएको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए । गोर्खा भूकम्पले खानेपानीको मुहान सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय गोपाल मङ्ग्रातीले बताए ।

गाउँमा खानेपानीको स्रोत नभएपछि वर्षाको समयमा आकाशे पानी तथा हिउँदमा दुई घण्टासम्म लगाएर पानी खोज्न जानुपर्ने बाध्यता हटेको स्थानीय अप्सरा बसेलले बताए । सुनकोशीबाट ५०० मिटरको उचाइमा लिफ्टबाट त्यस क्षेत्रका स्थानीयलाई खानेपानी वितरण गरिएको लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width