जाजरकोट, ११ जेठ । जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकिएको छ । त्यसबाहेक मध्यवर्ती क्षेत्रले सेवा शुल्कको रुपमा छुट्टै रु ५०० लिन पाउने व्यवस्था गरिएको छ । निकुञ्जले छोडपुर्जी दस्तुरबापत रु ३० हजार तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ ।
निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटन खुलाउने निर्णय गरेको छ । राष्ट्रिय निकुञ्जभित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकृत छत्र खड्काले जानकारी दिए । निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुमलगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ ।
यार्सा सङ्कलनको लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्लालगायतका अन्य जिल्लाबाट सर्वसाधारण आएको उनले बताए । यो मौसममा यार्सागुम्बा सङ्कलन गरेर वर्षभरि आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने उनीहरुको भनाइ थियो । दैनिक आवश्यकता पूरा गर्नका लागि आफू यार्सागुम्बा सङ्कलन गर्न आएको रुकुम आठबीसकोट नगरपालिका–११ की हीरा शाहीले बताए ।
अघिल्ला वर्षहरुमा भन्दा यो वर्षमा राष्ट्रिय निकुञ्जले चोरी निकासी गर्नेप्रति कडाइ गरिएको छ । यार्सा सङ्कलनकर्ताले अनिवार्य रुपमा आफ्नो साथमा स्थायी ठेगाना खुल्ने नागरिकता वा परिचयपत्र लिएर आउनेलाई मात्र पाटन प्रवेश गर्न दिइने छ । पाटनमा दैनिक खानका लागि खाद्यान्नलगायतका सामग्री लिनका लागि प्रयोग भएका घोडा खच्चरको रु १५० प्रवेश शुल्क लिइएको छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१