पोखरा, जेठ ११ । नेपाल पत्रकार महासङ्ग गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभूवन पौडेललाई थमन– महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिने भएको छ ।
पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको स्मृतिमा तत्कालीन क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको सो पुरस्कार प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएकोमा अवबाट प्रेस सङ्गठन नेपाल कास्कीले सञ्चालन गर्ने भएको हो ।
सो पुरस्कारको राशि नगद २५ हजार, ताम्रपत्र तथा दोसल्ला रहेको छ । पुरस्कारका लागि प्रतिभा छनोट गर्न प्रेस सङ्गठन कास्कीले गठन गरेको छनोट समितिले गरेको सिफारिसलाई शुत्रवार बसेको सङ्गठनको बैठकले अनुमोदन गरी युवा पत्रकार पौडेललाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
अग्रज पत्रकार कोलमनाथ बरालको संयोजकत्वमा रहेको छनोट समितिमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, गोमा घिमिरे तथा प्रेस सङ्गठनका नेताहरु माधव बराल र सन्देश श्रेष्ठ सदस्य थिए । एक दशकदेखी जनपक्षीय तथा जनजीविकाको सवालमा कलम चलाउदै आईरहेका एक जना सञ्चारकर्मीलाई वर्षेनी सो पुरस्कारबाट पुरस्कृत गर्ने गरिएको छ ।
वि.सं २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका पौडेल वि.सं २०५९ सालदेखि पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक छन । उनले रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, युगप्रवाह साप्ताहिकमा पनि काम गरे ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
पालिका प्रमुख भन्छन् : तीनको सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९