पोखरा, ११ जेठ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बार्बाडस ट्रीडेण्टसमा अनुबन्धित भएका छन् ।
वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लीग सीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बार्बाडसले अनुबन्ध गरेको हो ।
बेलायतको लण्डनमा भएको खेलाडी चयनमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप करिव ८० लाख रुपैयामा अनुबन्धित भएका हुन् । सन्दीपलाई बार्बाडस ट्री डेन्टसले आफ्नो टोलीबाट लीग खेल्न अनुबन्ध गराएको हो । सन्दीपले पाएको यो रकम अहिलेसम्मकै सर्वाधिक हो । सीपीएलको गत सिजन पनि खेलेका सन्दीपले त्यतिबेला करिव ६ लाख रुपैया मात्र पाएका थिए । सन्दिपले आगामी जुलाईको ११ देखी अगष्टको १६ तारिखसम्म हुने सीपीएल लीग खेल्नेछन् ।
गत सिजनमा उनले खेलेका यस्ता फ्रेन्जाइजी लीगमध्ये लामिछानेले सबैभन्दा बढी अस्ट्रेलियाको चर्चित लीग बिग ब्याशमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ । त्यसपछि क्यानडामा सम्पन्न ग्लोबल टी–२० लीगमा ४० हजार डलरमा छानिएका उनले अफगानिस्तान प्रिमियर लीगमा १५ हजार डलर र टी–१० लीगमा ३० हजार डलर मूल्य पाएका थिए ।
गत वर्षको सिजनमा उनलाई पाँच हजार डलरमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्सले किनेको थियो । उक्त सिजनमा आफ्नो टोलीका लागि सन्दीपले पाँच खेलमा सात विकेट लिएका थिए ।
सीपिएल खेल्ने खेलाडीहरुको प्रारम्भिक सूचीमा चार जना नेपाली राष्ट्रिय टोलीका खेलाडीको नाम परेपनि सन्दीप मात्र अन्तिम सुचीमा पर्न सफल भए । ड्राफ्टमा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलको सुचीमा नाम थियो । तर, अन्तिम चयनमा भने सन्दीप मात्र पर्न सफल भए ।
६ वटा टोलीले प्रतिस्पर्धा गर्ने सीपीएल लीगमा प्रतिस्पर्धा गर्नेछन् । सीपीएल सहभागी टीमहरुमा बार्बाडोससँगै गुयना एमजन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन ।
आफू नयाँ टोलीमा छानिएलगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखे, ‘म उत्साहित छु । एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताका साथ प्रतीक्षामा छु ।’
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् । बिश्वकै धनी क्रिकेट लीग इन्डियन प्रिमियर लीग आईपीएल टि–२० खेलेदेखि सन्दीप चर्चाको शिखरमा छन् ।
भारतको चर्चित व्यावसायिक प्रतियोगिता आइपीएलमा गत वर्ष पहिलो नेपाली खेलाडीका रूपमा ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए । सन्दीपले त्यसपछि आफ्नो व्यावसायिक जीवनमा पछाडि फर्केर हेर्नुनपरेको खेलकुद विज्ञहरु बताउँछन् ।
२ अगष्ट, २००० मा स्याङ्जाको आरुचौर–तालपोखरीमा सन्दीपको जन्म भएको थियो। भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दीप सानो उमेरमै पढ्नका लागि भारत पुगे । भारतमा ४ कक्षासम्म मात्रै पढ्दा सन्दीपले क्रिकेट खेललाई नजिकबाट नियाले ।
सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पसचौरस्थित चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । उनलाई त्यहाँ पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी राजु खड्काले क्रिकेट सिकाएका थिए ।
राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके एकदिने प्रशिक्षणको लागि चितवन पुग्दा सन्दीपको बलिङबाट चाँडो प्रभावित भए । त्यसपछि, आईसीसी विश्व क्रिकेट लीग अन्तर्गत युएईसँगको खेलको लागि राष्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लीगमा सन्दीपलाई खेल्ने मौका दिइयो । सुपर लीगअन्तर्गत एक खेलमा सन्दीपले ४ विकेट लिए ।
सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यु–१९ बिश्वकप २०१६ खेल्ने टिममा सन्दीप छनौट भए । यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्र्वाधिक विकेट लिने सुचीमा १४ विकेट सहित दोश्रो स्थानमा थिए ।
आईसीसीले सन्दीपलाई उक्त यु–१९ बिश्वकपको उत्कृष्ट ११ क्रिकेट खेलाडीको सुचीमा समेत परेका थिए । सन्दीपले बंगलादेश यु–१९ बिश्वकप २०१६ मा आयरल्याण्डसंग ह्याट्रिक सहित ५ विकेट लिएका थिए । पारस खड्काले सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमको क्याप प्रदान गरे ।
बंगलादेश यु–१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए । त्यसबखत बीबीसी लगायत अन्तराष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए ।
यु–१९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए । त्यसपछि सन्दीप राष्ट्रिय टिमको लागि लगातार खेलिरहेका छन् ।
राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दीपले हङकङलाई घरेलु टि–२० प्रतियोगिता हङकङ टि–२० ब्लीट्ज २०१६ खेल्न बोलाइएको थियो । त्यहाँ उनले अस्ट्रेलियन पुर्ब कप्तान माइकल क्लार्कसँगै काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाए ।
हङकङमा क्लार्कसँगै एकै टिममा खेल्न पाएका सन्दीपको प्रदर्शनबाट प्रभावित भएका क्लार्कले उनलाई अस्ट्रेलियामा खेल्ने प्रस्ताब दिए । माइकल क्लार्कको निम्तोमा सन्दीप सेप्टेम्बर २०१६ मा अस्ट्रेलिया पुगे । अस्ट्रेलिया पुग्ने क्रममा सन्दीपलाई स्वागत गर्न क्लार्क स्वयं एअरपोर्ट पुगेका थिए । उनले अस्ट्रेलियामा वेस्टर्न सबर्ब क्लबबाट न्यु साउथ वेल्स प्रिमियर प्रथम श्रेणी क्रिकेट खेले ।
साढे २ महिना अस्ट्रेलिया बसाइँको क्रममा सन्दीप लामिछानेलाई क्लार्कले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष कुराकानी गर्न निम्त्याएका थिए । जुन क्रममा क्लार्कले सन्दीपको निकै प्रशंशा गरेका थिए ।
सन्दिपलाई २०१६ डिसेम्बरमा श्रीलंकामा सम्पन्न यु–१९ एसिया कपमा नेपाली टिमको कप्तान बनाइएको थियो । त्यसपछि उनले २०१७ एसिया यु–१९ बिश्वकप छनौटमा पनि नेपाली टिमको कप्तानी गरे ।
२०१७ यु–१९ एसिया बिश्वकप छनौटमा सन्दिपले ६ खेलमा कुल २४ विकेट लिंदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । २४ विकेट लिंदै उनी नेपालको लागि एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी खेलाडी बन्न पुगे ।
सन्दीपलाई २०१७ फेब्रुअरीमा चर्चित बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले बिश्वकै उत्कृष्ट युवा क्रिकेट खेलाडीहरुको सुचीमा सामेल गरेको थियो ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१