Worldlink ads

ब्यवसायी पोखरेलद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७६
Best-School-in-Bangalore-India

गोरखा, १० जेठ । बिज्ञापन ब्यबसायी एबम युवा समाजसेवी अर्जुन पोखरेलले गोरखा जिल्ला पालुङटार नगरपालिका वडा न. १ मा अबस्थित अन्नपूर्ण माध्यामिक विद्यायलमा अध्ययनरत विपन्न एबम जेहेन्दार विद्यार्थीलाई बिधालय पोशाक सहयोग गरेका छन् ।

गोरखा पालुङटार नगरपालिका –१ घर भई हाल काठमाडौँमा एड पोइन्ट प्रा लि नामक बिज्ञापन एजेन्सी ब्यबसाय संचालन गर्दै आएका पोखरेलले बिगत बर्षहरुमा पनि यसै बिधालयका बिद्द्यार्थीलाई सहयोग गर्दै आएका थिए ।

पोखरेलले आफ्नो आम्दानीबाट केही रकम छुट्याएर २४ जना विद्यार्थीलाई बिद्यालय पोशक लगाएत सामाग्री सहयोग गरेका हुन् । पोखरेल कक्षा ११ अध्ययन गर्ने क्राममा आफुले समयमा भर्ना एबम महिना फि तिर्न नसक्दा ट्रमिनल लगायत बिभिन्न परीक्षामा सामेल हुन नपाएकेले त्यो क्षेण बाट पाठ सिकी समुदाय कै बिद्यार्थीलाई सहयोग गरेको बताउछन ।

शिक्षामा गरिने सहयोगबाट असलपुस्ता उत्त्पादन हुने , विद्यालयको शैक्षिक विकास ,बिधायार्थीको शैक्षिक गुणस्तर बृद्धि, दिगो विकासमा सहयोग, समाजमा योग्यरदक्ष बिद्यार्थी उत्पादन गराउनुका साथै शैक्षिक उत्प्रेरणा एबम सामाजिक सदभाब दिलाउनका लागि आफुले यस सहयेग नियमित गर्ने बताए ।

पोखरेल सोही विद्यालयका पूर्व विद्यार्थी हुन । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पोखरेलका बुवा यमप्रसाद पोखरेलको हातबाट बिध्यार्थीलाई पोशाक हस्तान्तरण गरेका थिए ।

अन्नपुर्ण माध्यामिक विद्यालयका प्राचार्य दीपक सापकोटाले बिद्यालय यस किसिमको सहयोग निरन्तरता एबम भूपू बिद्यार्थीले गरेको सामाजिक कायप्रति सदैब लाग्ने अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

    hero news full width