जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन जोशीको आग्रह

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७६
mahila sang

पोखरा, १० जेठ । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले महिला संघले जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

जिल्लास्तरीय महिला भेला कार्यक्रम बोल्दै जोशीले गाउँ गाउँमा जागर अभियानका सन्देश लैजानका लागि महिला संघलाई जनतासँग दिदिवहिनी कार्यक्रम लैजान आग्रह गरेका हुन् ।

‘यो अभियानलाई हामीले गाउँ गाउँ पु¥याउँन जरुरी छ’ जोशीले भने,‘यो अभियानलाई सार्थक बनाउनका लागि महिला संघको भूमिका ठूलो रहने छ ।’

उनले जागरण अभियान कुनै जादुको छडि नभई यो शुरुवात भएको बताए । ‘धेरैलाई लागेको छ काँग्रेसको जागरण अभियान उत्तिवेला जाडुको छडि झै रिजल्ट निकाल्छ भन्ने लागेको छ’ जोशीले भने,‘अभियान सुधार गर्ने शुरुवात हो । अभियान बाट कस्तो प्रतिक्रिया आउँछ त्यहि अनुरुप पार्टी अगाडि बढ्ने छ ।’

पार्टीमा महिलाको सहभागित बढाउनका लागि महिला संघ सक्रिय भएर लाग्न उनले सुझाव दिए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले अभियानले परिणाम खोजेको बताउँदै परिणाम निस्कने गरी काम गर्ने सवैलाई आग्रह गरे ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले पार्टीमा गुट उपगुट नभई एक ढिक्का भएर अगाडि बढ्न यो अभियानले प्रेरणा मिल्ने बताए ।
नेपाल महिला संघकी केन्द्रीय उपसभापति सरस्वती तिवारीले पार्टीमा अगाडि बढ्नका लागि महिलाहरुको निरन्तर क्रियाशिलताको खाँचो रहेको बताईन् ।

कार्यक्रममा संविधान सभासद् शारदा पौडेल, पूर्व सांसद कृष्णकुमारी परियार, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, साविक क्षेत्र नं. १ की सभापति लक्ष्मी पौडेल, क्षेत्र नं. २ कि सभापति इन्द्रमाया वानिया, क्षेत्र नं. ३ कि सभापति शारदा गिरी, क्षेत्र नं. ४ कि सभापति खिमकुमारी गुरुङ, पोखरा नगर सभापति माया बराल, लेखनाथ नगर सभापति लक्ष्मी पौडेलले बोलेका थिए ।

नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति अनिता तिमिल्सिनाले धन्यवाद र सचिव सिता गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

hero news full width