ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

रासस
जेठ १०, २०७६
maxresdefault

दैलेख, १० जेठ । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा शुक्रवार तीन जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए । शुक्रवार दिउँसो सडकबाट करीब ३०० मिटर तल ट्रक खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width