वालिङ, १० जेठ ।स्याङ्जाको वालिङ ८ डुम्रीकोटमा रेड पिपर बुटिक हल सञ्चालनमा आएको छ । स्थानीय ८ जनाको समूहले विभिन्न कार्यका लागि प्रयोग गर्न सकिने गार्डेन रेष्टुरेन्ट एवं २ वटा हलसहितको पार्टी प्यालेसको शुक्रबार शुभारम्भ गरिएको हो ।
रेड पिपर बुटिक हलको शुभारम्भ गर्नुहुँदै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले वालिङको आर्थिक विकासमा सहयोग पुग्ने विचार ब्यक्त गर्दै जुन लक्ष्य र उद्धेश्यका साथ सामूहिक रुपमा थालिएको ब्यवसायको सफलताको शुभकामना ब्यक्त गरे ।
उनले एक्लैले ब्यवसाय गर्दा अप्ठ्यारो पर्न सक्ने र लगानी पनि एक्लैको हुने हुँदा सामूहिकरुपमा कार्यहरु गर्दा सहज हुने बताए ।“घर घरमा गरिने शुभ कार्यहरु आजभोलि पार्टी प्यालेसहरुमा गर्ने लहर आएको देखिएको छ” नगर प्रमुख खाँणले भने, “यसले मानिसको जीवन पद्धतिमा परिवर्तन ल्याउनुका साथै सहज पनि भएको छ ।”
नगर प्रमुख खाँणले पार्टी प्यालेसले सेवाग्राहीहरुबाट नाफामात्रै नभई सेवा पनि दिनेमा आँफू विश्वस्त रहेको बताए ।स्थानीय ८ जनाको समूहले झण्डै डेढ करोडको लागतमा सुविधासम्पन्न पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । शुभारम्भको दिन शुक्रबार नै विभिन्न राष्ट्रिय कलाकारहरुको पनि साङ्गीतिक प्रस्तुति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१