संस्कृति राष्ट्रिय पुरस्कार जगमानलाई

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७६
jajman-gurung-0

बागलुङ, १० जेठ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङका अध्यक्ष स्वर्गीय डम्बरबहादुर श्रेष्ठको स्मृतिमा स्थापना भएको पुरस्कार संस्कृतिविद् जगमान गुरुङलाइृ प्रदान गरिने भउको छ ।

डम्बर स्मृति पुरस्कार कोषले शुक्रवार पत्रकार भेटघाटगरी कास्कीको मादी गाउँपालिका याङ्जाकोटमा जन्मिएका संस्कृतिबिद डा. जगमान गुरूङलाई ७५ हजार राशिको पहिलो पुरस्कार प्रदान गर्ने निर्णय गरेको राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले बताए ।

डम्बर संस्कृति राष्ट्रिय पुरस्कार स्थापना गर्न श्रेष्ठ परिवारले ७ लाख र राधाकृष्ण मन्दिर सेवा समितिले ५ लाख गरी १२ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको अध्यक्ष राजभण्डारीले बताए ।

कोषले जेठ १८ गते शनिबार कार्यक्रम गरेर पुरस्कार समर्पण गर्ने उक्त कार्यक्रममा सर्वोच्च अदालतका पुर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको उपस्थितिमा प्रदान गरिने बताइएको छ ।

बि,स १९९३ सालमा स्थानीय समाजसेवी स्व ,नन्दकुमार श्रेष्ठले स्थापना गरेको राधाकृष्ण मन्दिर सेवा समितिले समाजमा उल्लेखनीय योगदान र्पुयाउने लाई ३ वटा विभिन्न पुरस्कार गठन गरेको छ

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width