बैतडी, १० जेठ । गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेको बताइएको छ । हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
कोलीको बाटोमै मृत्यु भएपछि जिप छोडेर चालक जनक जोशी भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१