लागु औषध सहित पोखराबाट सात जना पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७६
p 09

पोखरा, जेठ ९ । पोखराको पृथ्वीचोक स्थित एक होटलबाट ठूलो मात्रामा लागू औषध सहित ७ जना पक्राउ परेका छन ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराबाट लागू औषध कारोबारी पक्राउ गरेको हो । लागू औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा ३ सय ४१ थान डाइजापाम, ३ सय ४१ थान फेनेरागन, ३ सय ४१ थान बुप्रिनर्फिन र १ सय थान नाइट्रोसन गरी १ हजार २ सय २८ थान लागू औषध बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवत्ता रवीन्द्रमान गुरुङले दिए ।

लागू औषध कारोबार गरिरहेका रुपन्देहीका ४३ बर्षीय रामबृक्ष कोहार, ४० बर्षीया तेतरी कोहार, २० बर्षीया सोनम कोहार, पोखरा –१ का २६ बर्षीय अनिल गुरुङ, पोखरा–२८ का २० बर्षीय शुक्रराज सुनार, पोखरा –१३ का ४४ बर्षीय बिक्रम विक र पोखरा– ३२ का ३४ बर्षीय अजय गुरुङ पक्राउ परेका छन ।

कास्की प्रहरीले केही दिनदेखि कास्कीमा लागु औषध विरुद्धको अभियान संचालन गदै आएको छ । उनहिरुलाई पक्राउ पछिको प्रारम्भिक अनुसन्धानबाट पोखराका ड्रग्स डिलरहरुले ड्रग भि¥याउनका लागि पैसा पठाएको र बोर्डर जिल्लाबाट ड्रग्स पोखरा ल्याउने गरेको खुल्न आएको छ । क्यारियरको प्रयोग गरेर लागू औषध भि¥याउने गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width