टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर

rss रासस
जेठ ९, २०७६

काठमाण्डौ, ९ जेठ । टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौँको तारकेश्वरमा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा अर्का एकजना घाइते भएका छन्।, मोटरसाइकलमा तीन जना सवार थिए ।

बुधबार राती तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगरमा बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको वीर अस्पतालमा उपचारका क्रममा बुधवार मृत्यु भएको हो । मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षीय राजकुमार तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकलका चालक भने सकुशल छन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

पत्रकार महासंघमा तालावन्दी