Worldlink ads

अन्दमान निकोबारमा भूकम्प

रासस
जेठ ८, २०७६
photo_from_aceh_2_-_kerry

पोर्ट ब्लेयर, ८ जेठ । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर मुनि रहेको थियो । मङ्गलबार बिहानीपख निकोबार द्वीपमा ४.१ म्याग्नीच्यूडको भूकम्प गएलगत्तै अन्दमानमा पनि भूकम्प गएको थियो । निकोबारमा भने बिहान २ बजेर ४ मिनेटमा भूकम्प गएको थियो ।

अन्दमान र निकोबार द्वीप भूकम्पीय जोखिममा रहेका क्षेत्रहरु हुन । गत अप्रिल १ का दिन यस क्षेत्रमा साना तथा मझौला किसिमका २० वटा भूकम्प गएका थिए ।

Related News

सम्बन्धित समाचार

    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • भारतमा कोरोनाबाट ४४२ जनाको मृत्यु

      आदर्श समाज सम्वाददाता पौष २८, २०७८
      पाेखरा । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक…
    • संक्रमितको सुनामी ल्याउने डब्लूएचओले चेतावनी

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पाेखरा । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन-डब्लूएचओले चेतावनी दिएको छ ।…
    • अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु

      आदर्श समाज सम्वाददाता पौष १२, २०७८
      पोखरा । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको समाचार छ। सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका…
    • कोरोना बढेपछि दिल्लीमा कफ्र्यू

      आदर्श समाज सम्वाददाता पौष १२, २०७८
      पोखरा । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कफ्र्यू लगाइने भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका…

    hero news full width