अन्तर्राष्ट्रिय ओलोम्पिक दिवसमा ठेलो प्रतियोगिता

रासस
जेठ ८, २०७६
1538568327

पोखरा, ८ जेठ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । नेपाली समाजमा विभिन्न चाडपर्व विशेष र मेलामा आयोजना हुने ठेलो प्रतियोगिता प्रथमपटक प्रदेशस्तरीय गर्न लागिएको हो ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोग र नेपाल ओलम्पिक कमिटीको प्रवद्र्धनमा हुने प्रतियोगिता आगामी असारको १० र ११ गते (जुन २५ र २६मा) पोखराको टुँडिखेल मैदानमा हुने मञ्चले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न मञ्चका महासचिव खेमबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । त्यस्तै समितिको प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट, प्रचारप्रसार संयोजकमा केशव पाठक, मैदान व्यवस्थापन संयोजकमा दिलबहादुर गुरुङलगायत छन् ।

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकूदमा समेत प्रवेश गराउन पहिलोपटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उपसमिति संयोजक गुरुङले जानकारी दिए । महिला र पुरुष गरी गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडी दुई दिनसम्म पोखराको टुँडिखेल मैदानमा प्रतिष्पर्धामा भाग लिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width