वालिङमा बजार अनुगमन

Avatar आदर्श समाज सम्वाददाता
जेठ ७, २०७६

वालिङ, ७ जेठ । वालिङमा मंगलबार राजश्व तथा अन्तःशुल्क सम्बन्धी बजार अनुगमन एवं निरीक्षण गरिएको छ ।

निरीक्षणका क्रममा टोलीले स्याङ्जा सदरमुकाम, वालिङ, भीरकोट, गल्याङ र चापाकोट नगरपालिकाका विभिन्न पसलमा अनुगमन गरेको हो ।

निरीक्षणका क्रममा फर्म दर्ता नगरी सञ्चालन गरेको, पान, प्रमाण–पत्र नलिई ब्यापार ब्यवसाय गरेकाहरुलाई १५ दिनभित्र आवश्यक प्रमाण पेश गरी ब्यापार ब्यवसाय सञ्चालन गर्न पत्र काटिएको छ ।

निरीक्षण टोली संयोजक अनन्त मरासिनीले निरीक्षणका क्रममा कागजात नपुगेका ब्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गर्न सुझाव दिइएको छ । करको दायरामा नआएका उद्योगी, ब्यापारी र ब्यवसायीलाई करको दायरामा आउन आग्रह गरिएको बजार अनुगमन तथा निरीक्षण टोलीका संयोजक मरासिनीले बताए ।

राजश्व संकलनमा बृद्धि गर्ने र अवैधरुपमा बिक्री वितरण हुँदै आएका मदिरालाई कानूनतः नियन्त्रणमा लिने उद्धेश्यले बजार अनुगमन तथा निरीक्षण गरिएको टोली संयोजक मरासिनीले बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

मुक्तिनाथको उपहार योजना

मुक्तिनाथको सञ्चालन मुनाफा १ अर्ब २२ करोड

६ स्थानीय तहले उठाए ५ करोड राजश्व

महिलाको लागि सेनेटरी प्याड तालिम

प्रमुख समाचार

खुत्रुकेको पैसा आश्रममा

थप प्रमुख समाचार

बिश्व फोटोग्राफी दिवस प्रभातफेरी

टोलवासीको मन जित्न आग्रह

६ अधिकृत सहित १८ कर्मचारी छड्केमा