अपाङ्गता भएका व्यक्तिहरु हामी जस्तै हुन

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७६
5c58e5b167e1d

पोखरा, ७ जेठ । समाजसेवी चन्द्रबहादुर पहरे पुनमगरले सृजनशिल अपाङ्ग समाज कास्कीलाई मंगलवार पचास हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

सृजनशिल अपाङ्ग समाज कास्कीको आयोजना, फूलवारी सेवा केन्द्र तनहुँको सहयोग र सृजनशिल अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका वडा नं ३ को समन्वयमा संचालित १ हप्ते अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रमका विशेष अतिथि पहरे पुनमगरले समाजमा रहेका अपाङ्ग व्यक्तिको सिर्जनशिल कामको लागि उक्त रकम सहयोग गरेको बताए ।

उनले समाजका अध्यक्ष विष्णु सिग्देललाई कोपिलढुंगास्थित कार्यालयमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरेका हुन् । देशमा अझैं पनि सरकार र नागरिक समाजले हेर्नुपर्ने क्षेत्रहरु पछि परीरहेका छन्, दलित, उत्पिडित, शारिरीक अशक्तता र अपाङ्गता भएका व्यक्तिहरुको लागि सपाङ्गलाई गरिने जस्तो व्यवहार भईरहेको छैन, पुनले भने । ः“विविध कारणले पछाडि परेका व्यक्तिहरुलाई उत्थानशिल बनाउनु हामी सबैको दायित्व हो, त्यसैले मैले रकम सहयोग गरेको हुँ ।”

पहरे पुन मगरले समाजमा हुने खानेले “मै खाउँ र मैलाउँ” मात्र नसोचि, नहुने पनि यहि समाजमा सदस्य भएकोले उनिह?ले सहज र सरल तवरले जिवनयापन गर्न पाउनुपर्ने बताए । उनले भने “अपाङ्गता भएकाहरुको लागि सरकारले उचित व्यवस्थापन गरिदिनुपर्छ र हामी जनताको भावना पनि सहयोगी हुनुपर्छ ।”

पुनले विदेशमा अपाङ्गता भएका व्यक्तिह?ले विश्व घुमिरहेका देखेको, सकेको काम गरिरहेका त्यहाँको सरकारले आरक्षण्, भरणपोषण, लालनपालन र कार्य क्षमता विकासमा टेवा पर्याईरहेको अनुभव सुनाए । हामीकहाँ अपाङगता भएकाहरुको लागि अझैं पनि मैत्रीपूर्ण वातावरण नमिलेकोमा दुःख लागेको बताउदै संचार क्षेत्रको विशेष सहयोगको अपेक्षा गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width